#नेपाल #जुवातासखेल #पक्राउ
काठमाडौं र अर्घाखाँचीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । आइतबारको दिन, काठमाडौंका शंखरापुर नगरपालिका-३ बस्ने ४१ वर्षीय ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो। प्रहरीले उक्त घटनासम्बन्धी अनुसन्धान गरिरहेको छ।
—
Author: MAYA | HARUTO
Posted at: March 3, 2025 9:49 pm
